• शनिबार, साउन ९ २०८३

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा


आइतबार, फाल्गुन २० २०८०
1.3K
Shares

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिव सागर शर्मा निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३२३ मत ल्याएर विजयी भएका हुन् । यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् ।

राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवशायीका समस्या समाधानमा प्रयास रहने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार