• शनिबार, साउन ९ २०८३

आफ्नै कार्यालयमा सञ्चालित क्यान्टिनलाई बालेनकाे कारबाही, तिराए ५० हजार जरिवाना


आइतबार, फाल्गुन २० २०८०
1.5K
Shares

काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासाे आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार