• शनिबार, साउन ९ २०८३

जेनियस गोरखा स्कुलको अध्यक्षमा विनोद अर्याल सर्वसम्मत


आइतबार, फाल्गुन २० २०८०
2.2K
Shares

गोरखा । जेनियस गोरखा इङ्गलिस स्कुलको अध्यक्षमा विनोद अर्याल सर्वसम्मत चयन भएका छन् । गोरखा नगरपालिका–७ नयाँबजारस्थित स्कुलको १७ औ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन अर्यालको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका अर्याल नयाँबजारस्थित अर्याल मेडिकल हल तथा विज्ञान पोलिक्लिनिक सेन्टरका सञ्चालक समेत हुन् ।

अधिवेशनले उपाध्यक्षमा माधव थापा मगर, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा दिपक श्रेष्ठ, सहसचिवमा सोमप्रसाद श्रेष्ठ चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण आचार्य, सनद श्रेष्ठ र शिवराम भुसाललाई चयन गरेको छ । अधिवेशनले नारायणबाबु श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा रामशरण कोइराला र आशकाजी श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको अवसरमा समितिका पूर्व अध्यक्ष बिष्णु राना मगर सम्मानित भएका छन् । दोसल्ला ओडाएर राना मगरलाई कदर पत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक सुनिता थापा मगरलाई पनि सम्मान गरिएको छ । दोसल्ला ओडाएर नगद सहित कदरपत्रले उनलाई सम्मान गरिएको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष शित्तलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक रामबहादुर कोइराला, विद्यालयका प्रधानाध्यापक सन्तोष थापा, समितिका पूर्व अध्यक्षहरु राना, केशव बस्नेत, शिक्षक रामचन्द्र ज्ञवाली, शेयरधनी बिनोद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार