• शनिबार, साउन ९ २०८३

विद्यालय शिक्षा विधेयकमाथि झण्डै १८ हजार संशोधन प्रस्ताव


आइतबार, फाल्गुन २० २०८०
1.5K
Shares

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव दर्ता भएको छ ।

आइतबारको बैठकमा १० संशोधनकर्तालाई बोलाइए पनि एक जना मात्र छलफलमा सहभागी भएका छन् । छलफलमा सहभागी भएका संशोधनकर्ता सांसद अम्बरबहादुर थापाले विधेयकमा घरपायक सरुवाको व्यवस्था गर्न नहुने र विद्यालयमा राजनीतिक संघसंगठनको व्यवस्था पनि राख्न नहुने बताए ।

उक्त विधेयकमा रहेका १६३ दफामा १५२ सरोकारवालाका संशोधन प्रस्ताव दर्ता भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार