• शुक्रबार, साउन ८ २०८३

पोस्टमार्टम रिपोर्ट भन्छ : गोरखाकी शालिन पाेखरेलको बलात्कार भएको देखिएन


आइतबार, फाल्गुन २० २०८०
2.5K
Shares

काठमाडाैँ । गोरखाकाे अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक घर भई चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना बलात्कारका कारण नभएकाे पोस्टमार्टम रिपोर्ट आएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो।

गत शनिबार बिहान १० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघर भएकी एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिनको शंकास्पद मृत्यु भएको थियो।

अर्की साथीसहित बस्ने होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीको सहयोग लिएर झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन्।

शालिनको मृत्युपछि आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह-प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। उनीहरू अझै प्रहरीको हिरासतमै छन्।

उनीहरूलाई चितवन जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार