• आइतबार, साउन १० २०८३

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै


सोमबार, असार १५ २०७७
5.6K
Shares

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार