• शनिबार, साउन ९ २०८३

सोच नेपाल द्धारा क्वारेन्टीन तथा होल्डिङ्ग सेन्टरका लागि कम्वल सहयोग


आइतबार, असार १४ २०७७
910
Shares

काठमाण्डौं । सोच नेपालले कोरोना रोकथाम नियन्त्रणका लागि स्थापना गरेको होल्डिङ्ग सेन्टर तथा क्वारेन्टीन व्यवस्थापनका लागि कम्वल सहयोग गरेको छ ।

ओखलढुंगाको हर्कपुरमा स्थापित होल्डिङ्ग सेन्टरका लागि ४० थान, काठमाण्डाैकाे बुढानीलकण्ठ नगरपालिकाको क्वारेन्टीन व्यवस्थापनका लागि ३० थान, कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताललाई ३० थान र गोरखाकाे गाेरखा नगरपालिकालाई ३० थान गरी जम्मा १३० थान कम्वल उपलब्ध गराएको हो ।

ओखलठुंगाको होल्डिङ्ग सेन्टरकालागि प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारमार्फत उपलब्ध गराइएको हो, भने बुढानीलकण्ठ नगरपालिकामा नगर प्रमुख उद्धव खरेललाई, गोरखा नगरपालिकामा नागरिक साझा सवाल गोरखाको समन्वयमा नगर प्रमुख राजनराज पन्तलाई तथा कागेश्वरी मनोहराका नगरप्रमुख कृष्णहरी थापामार्फत मुलपानी नगर अस्पताललाई हस्तान्तरण गरिएको सोच नेपालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार