• शुक्रबार, साउन ८ २०८३

साढे १३ करोड लागतमा बन्यो भरतपुर आँखा अस्पतालमा नयाँ भवन


शुक्रबार, फाल्गुन १८ २०८०
1.3K
Shares

काठमाडौं । साढे १३ करोड लागतमा भरतपुर आँखा अस्पतालमा नयाँ भवन निर्माण भएको छ । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा नयाँ भवन बनेको हो ।

जसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।

भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष (३ मोडुलर, १ सेप्टिक ओ.टी) र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ ।

भवनको तलमाथि गर्न दुई वटा भ¥याङको व्यवस्था गरिएको छ । फरक क्षमता भएका मानिसहरुको लागि अपाङ्गमैत्री ¥याम र शौचालयको व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार