काठमाडौं । कोरोना नियन्त्रणका लागि गरिएको लक डाउनका कारण बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएकाे छ ।
नेपाल धितोपत्र बोर्डकाे आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको हाे ।

गत चैत ११ गतेबाट बन्द शेयर बजार वैशाखमा २ दिन खुलेर पुनः बन्द भएको थियो । लक डाउनकै विचमा यसअघि २ दिन कारोबार खुल्दा सर्किट ब्रेक र कारोबार अवधि परिवर्तन गरिएको थियो । अब भने पुरानै अवस्थामा कारोबार हुने नेपाल स्टक एक्सचेन्जले आज जारि गरेको सुचनामा उल्लेख छ ।
सुचनामा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले जारी गरेको सुरक्षा सतकर्ता सम्बन्धी मार्ग निर्देशनलाई अवलम्बन गर्नेगरी धितोपत्रको दोश्रो बजार संचालन गर्न भनिएको छ ।