काठमाण्डाै । राष्ट्रिय सभाको अध्यक्षसहित २० जना सांसद यही फागुन २० गतेदेखि बिदा हुँदैछन् । छ वर्षे पदावधि पूरा गरी सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसद विदा हुन लागेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जीतेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईँ, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, हरिराम चौधरी, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डाक्टर बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो ।
आइतबार उनिहरुकाे बिदाईसंगै नयाँ निर्वाचित साँसदहरुकाे साेमबार सपथग्रहण हुने भएकाे छ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको हाे।
सातै प्रदेशबाट निर्वाचित १९ जना सदस्यहरूलाई संघीय संसद् सचिवालयले आगामी सोमबार शपथका लागि बोलाएको हो।
अवधि सकिने २० मध्ये एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन्।
उता फागुन २० बाटै रिक्त हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भने आगामी फागुन २९ गते हुने भएको छ।
