• शनिबार, साउन ९ २०८३

माओवादी केन्द्रका प्रदेश इन्चार्ज र सहइन्चार्ज फेरिए, कुन प्रदेशमा को ?


बुधबार, फाल्गुन १६ २०८०
1.7K
Shares

काठमाडौँ । नेकपा मओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीका प्रदेश  इन्चार्ज र सहइन्चार्जहरू परिवर्तन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेशका इन्चार्ज र सहइन्चार्ज परिवर्तन गरेको हाे ।

जसअनुसार कोशी प्रदेशको इञ्‍चार्जमा हरिवोध गजुरेल र सह -इञ्‍चार्जमा सावित्री कुमारी काफ्ले तोकिएका छन्।  यसैगरी मधेश प्रदेशको इञ्‍चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह-इञ्‍चार्ज बनाइएको छ।

बागमती प्रदेशको इञ्‍चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ। सह -इञ्चार्ज तोक्न बाँकी छ।  गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्च र हरिराज अधिकारी सह- इन्चार्च रहेका छन्।

लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्‍चार्ज र कुलप्रसाद केसीलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशमा काली प्रसाद मल्ल इञ्‍चार्ज बनाइएको छ।  सह-इञ्चार्ज तोक्न भने बाँकी छ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्‍चार्ज र  बिना मगरलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समितिको मध्यपुर इञ्‍चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ। प्रवास प्रदेश समिति भारतको  इञ्‍चार्जमा लक्ष्मण पन्त र सह-इञ्‍चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समिति युरोप-अमेरिकालगायतको इञ्‍चार्जको जिम्मेवारी सुरेन्द्र कुमार कार्कीलाई दिइएको छ। विशेष प्रदेश समितिको इञ्‍चार्जको जिम्मेवारी हितमान शाक्य र सह इञ्‍चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार