• शनिबार, साउन ९ २०८३

आरुघाटमा हिजाेदेखि निःशुल्क स्वास्थ्य शिबिर सुरु, २२ गतेसम्म चल्ने


बुधबार, फाल्गुन १६ २०८०
1.2K
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । हिजाे मंगलबारदेखि सुरु भएको सो शिबिर आउँदो फागुन २२ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

आरुघाट गाउँपालिका, आरटीक्याप इन्टरनेशनल जर्मनी र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा शिबिरको आयोजना गरिएको हो ।

आरुघाट गाउँपालिका, आरटीक्याप इन्टरनेशनल जर्मनी र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा शिबिरको आयोजना गरिएको हो । शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुले हाड जोर्नी तथा सामान्य शल्यक्रिया सम्बन्धी सेवा, जनरल मेडिसिन सम्बन्धि (दम, प्रेसर, सुगर, मुटु, नसा, मिर्गौला, ग्यास्ट्रिक आदि), फिजीयोथेरापी सम्बन्धि सेवा, बालरोग तथा आँखा सम्बन्धि सेवाहरु सञ्चालन भइरहेको पालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार