• शुक्रबार, साउन ८ २०८३

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त


बुधबार, फाल्गुन १६ २०८०
1.7K
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन्। सोमबारकाे मन्त्रीपरिषद बैठकले डा देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

८ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्ट्रारमा डा. देवलाई सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतका अनुसार सतारुढ नेकपा माओवादी केन्द्रको कोटाबाट काउन्सिलको रजिष्ट्रारमा डा. देव नियुक्त भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार