काठमाण्डौ । नेपालमा आज थप ४६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १०५ महिला र ३५८ पुरुषमा संक्रमण भएको पुष्टी गरेका हुन् ।
यसैगरी बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको छ ।