• शुक्रबार, साउन ८ २०८३

यी हुन प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित पक्राउ परेका १० कर्मचारी, कसुर के ?


मंगलबार, फाल्गुन १५ २०८०
1.4K
Shares

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी बैंकका सीईओ न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ ।

पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए ।  प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार