• शुक्रबार, साउन ८ २०८३

शहिद लखनमा निशुल्क आँखा परिक्षण शिविर, एक हजार जना लाभान्वित


मंगलबार, फाल्गुन १५ २०८०
1.1K
Shares

गोरखा । शहिद लखन गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट करिब एक हजार जना लाभान्वित भएका छन् । शहिद लखन गाउँपालिकाको आयोजना तथा गोरखा लायन्स आँखा अस्पताल केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरबाट ९ सय ४९ जनाले सेवा लिएका हुन् ।

गत फागुन ५ गतेदेखि गाउँपालिका भित्रका सबै वडामा सुरु भएको आँखा शिविर १३ गते सम्पन्न भएको हो । गाउँपालिकाबाट नियमित रुपमा आँखाको उपचार गर्न नसकि रहेको अवस्थामा मोतियाबिन्दुको कारण सन्सार देख्नबाट कोहि पनि बञ्चित नहुन भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘शिविरमा १०१ जनाको मोतियाबिन्दु समस्या देखिएको छ भने अन्यलाई आँखा सम्बन्धी समस्या देखियो,’ उनले भने,‘आँखा सम्बन्धी समस्या देखिएकालाई उपचार गरेका छौ भने मोतियाबिन्दुको समस्या भएकालाई फागुन २२ र २३ गते अप्रेशन गर्ने तयारी छ ।’

फागुन ५ गते पहिलो दिन वडा नं ८ को बुंकोट आधारभुत स्वास्थ्य केन्द्रबाट ९१ जनाले सेवा लिए जसमा १४ जनामा मोतिबिन्दु देखिएको उनले बताए । त्यस्तै ६ गते दोस्रो दिन वडा नं ७ को बुंकोट स्वास्थ्य चौँकीमा भएको शिविरमा ११७ जनाले सेवा लिएका थिए ।

जसमा ८ जनामा मोतिबिन्दुको समस्या देखियो । त्यसैगरी वडा नं ९ को भिमसेन आधारभुत विद्यालयमा ७ गते तेस्रो दिन भएको शिविरमा ८० जनाले लाभ लिएका थिए, जसमा ७ जनामा मोतिबिन्दुको समस्या देखिएको उनले जानकारी दिए । ८ गते चौथो दिन वडा नं. ६ को घैरुङ स्वास्थ्य चौकीमा भएको शिविरमा १२३ जनाले सेवा लिए ।

जसमा २० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडा नं. ५ को ताक्लुङ्ग आधारभुत स्वास्थ्य चौकीमा पाचौँ दिन ९ गते भएको शिविरमा ६६ जनाले सेवा लिए जसमा ११ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।

१० गते छैठौ दिन वडा नं. ५ को ताक्लुङ स्वास्थ्य चौकीमा भएको शिविरमा १०६ जनाले सेवा लिए । उक्त शिविरमा १७ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । त्यस्तै वडा नं ३ को तल्लो ग्याँजा सामुदायिक भवनमा सातौ दिन ११ गते भएको शिविरमा ८७ जना लाभान्वित भएका थिए भने ५ जनामा मोतिबिन्दु देखिएको उनले जनाए ।

१२ गते आठौ दिन वडा नं. १ को भोगटेनी सामुदायिक भवन र ठुलो दिप्लिङमा भएको शिविरबाट ११७ जनाले सेवा लिएका थिए । जसमा ५ जनमा मोतिबिन्दु देखिएको उनले बताए । त्यसैगरी वडा नं. २ मनकामना आधाराभुत स्वास्थ्य १३ गते केन्द्रको नबौ दिन अन्तिम दिन भएको स्वास्थ्य शिविरबाट १६२ जनाले सेवा लिए जसमा ४ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

त्यस्तै आँखाका समस्या भएका २०० जनालाई चस्मा बितरण गरिएको उनले बताए । गाउँपालिका भित्रका आँखाको समस्या भएका ५०० विद्यार्थीहरुको समेत आँखा परिक्षण गरेको गाउँपालिकाले जनाएको छ । २० जनालाई चस्माको आवश्यकता परेको छ उनिहरुलाई गाउँपालिकाले नै निशुल्क चस्मा उपलब्ध गराउने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार