• शनिबार, साउन ९ २०८३

संघीय संसद्‌का ८ समितिका बैठक एकैपटक बस्दै


मंगलबार, फाल्गुन १५ २०८०
1000
Shares

काठमाडौँ- संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।

जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद्‌ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ११ बजेदेखि दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार