गोरखा । चितवनका शम्सेर दिन मिया दम्पत्तीले गोरखाका क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।
रापती नगरपालिका भण्डारा निवासी मियाँले गोरखा नगरपालिका ७ नयाँबजार निवासी क्यान्सर पिडित उसरवानी खातुनलाई नगद १० हजार आर्थिक सहयोग गरेका हुन ।
बारा घर भई १५ बर्षअघिदेखि गोरखामा टेलरिङ ब्यवसाय सञ्चालन गर्दै आएकी खातुन क्यान्सरबाट पिडित भई आर्थिक अभावमा उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको याचना गरेका थिए ।

खातुनको उपचारमा सहयोग गर्नका लागि मियाँले पठाएको नगद १० हजार रकम गोरखा बजार निवासी उनकी छोरी रोजिना बेगमले शनिबार घरमै पुगेर हस्तान्तरण गरेकी हुन ।
उनको उपचारका लागि यसअघि पनि कल्पना श्रेष्ठको नेतृत्वमा हाम्रो साहारा फाउण्डेशनले झण्डै २ लाख रुपैया रकम संकलन भएको थियो भने दारी ग्याङ्ग गोरखाले समेत सामाजिक सञ्जालमा आर्थिक संकलनको अभियान चलाएका थिए ।
उपचारका लागि चितवनको क्यान्सर अस्पताल पुगेकी खातुनको उपचारमा करिब ७ लाख लाग्ने भन्दै अस्पतालले फिर्ता पठाएपछि बिभिन्न माध्यामबाट सहयोगका लागि उनका श्रीमानले अनुरोध गरेका थिए ।