• शनिबार, साउन ९ २०८३

स्वास्थ्यकर्मीको निधनपछि गोरखा नगरपालिकामा सार्वजनिक बिदा


सोमबार, फाल्गुन १४ २०८०
1.6K
Shares

गोरखा । एकजना स्वास्थ्यकर्मीको निधन भएपछि गोरखा नगरपालिकाले आज सोमबार क्षेत्रभित्र सार्वजनिक बिदा गरेको छ।

वडा नम्बर १४ मा कार्यरत अहेब किशोरबाबु सेढाईंको निधन भएपछि नगरपालिकाले सोमबार नगरपालिका मातहतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाको आइतबारको निर्णयअनुसार सोमबार नगरपालिका कार्यालय, वडा कार्यालयहरू, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको प्रकाशित सार्वजनिक सूचनामा जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार