गोरखा । मिस्टर बी गोर्खाली रनिङ कप फुटबल २०८० को उपाधी आयोजक हरमटारी क्लवले जितेको छ । हरमटारीले चाइनिजधारा फेमिली, गोरखालाई २–० गोलले हराउदै प्रतियोगिताकाे आठौं संस्करणको बिजेता बनेको हो ।
यससँगै हरमटारीले नगद ३ लाख ३३ हजार ३३३ हजार पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता भएका चाइनिजधाराले १ लाख ६६ हजार ६६६ हजार मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
खेल सुरु भएको ११ औं मिनेटमा हरमटारीका फागुराम थारुले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ४१ औं मिनेटमा हरमटारीका लक्ष्मण थापाले गोल गर्दै २–० को अबस्था पु¥याए । निर्धारित समयमा चाइनिजधाराले कुनै पनि गोल गर्न नसकेपछि खेल २–० सकियो ।
उक्त खेलमा हरमटारीका नरेन्द्र चौधरी म्यान अफ द म्याच समेत घोषित हुनुभयो । उक्त प्रतियोगितामा दौतरी युवा क्लब, चित्रेपोखरी अनुशासित टीम बन्दै ३५ हजार पुरस्कार प्राप्त गरेको आयोजक हरमटारी क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।
खेल अवधिभर उत्कृष्ट प्रर्दशन गरेका हरमटारी क्लवका नरेन्द्र चौधरी सर्वोत्कृष्ट खेलाडी भएका छन । त्यस्तै चाइनिजधाराका अजित लामा सर्वोत्कृष्ट मिडफिल्टर, हरमटारीका बिजयसिह ठकुरी सर्वोत्कृष्ट डिफेन्डर, र हरमटारीका आकाश रानाभाट सर्वोत्कृष्ट गोलरक्षक भएका छन् ।
उनीहरुलाई नगद १०/१० हजार प्रदान गरिएको छ । यसैगरी खेल अबधिभर ५/५ गोल गरेका अल स्टारएफसी आबुखैरेनीका याम्मी फाकुलमी र चाइनिजधारा फेमिलीका बिक्की चाम्लिङ राई सर्वोत्कृष्ट गोलकर्ता बनेका छन् । उनीहरुलाई ५/५ हजार प्रदान गरिएको उनले जानकारी दिए ।
फागुन ६ गते देखि खेलकुदमैदान हरमटारीमा भएको प्रतियोगितामा १४ टीमको सहभागिता रहेको थियो ।