• शनिबार, साउन ९ २०८३

लक्षित वर्गले निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु पर्दैन: मेयर बालेन


आइतबार, फाल्गुन १३ २०८०
1.1K
Shares

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरेको बताएका छन्।

भिडियो सन्देश जारी गर्दै मेयर शाहले विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका र यसमा ७ सय ४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध रहेका जानकारी गराएका हुन्।

‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक रहेको’ भन्दै मेयर शाहले पारदर्शी प्रणालीबाट त्यसको कार्यान्वयनमा गर्ने बताए ।

यदि कसैले झुटो विवरण पेस गरेर उपचार गरेको पाइए, उपचार गराउने बिरामी र उपचार गरिदिने अस्पताल दुवैलाई कारबाही हुने उनले चेतावनी दिएका छन्ब । लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाण्डौ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

कार्यविधि कार्यान्वयनका लागि फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार