काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले रसायन सहितको भाइरस रिमुभिङ कार्ड घाँटीमा झुण्ड्याएमा कोरोना नलाग्ने भन्ने जनमानसमा भ्रम सिर्जना भएकोले मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भाइरस रिमुभिङ कुनै किसिमको कार्ड हालसम्म पत्ता नलागेको ले भ्रममा नपर्न आग्रह गरेको छन् । यस प्रकारको कुनै प्रभावकारी विधि भए प्रक्रियाअनुसार सरकारले आफैं उपलब्ध गराउने गरी अगाडि बढ्ने उनले बताए ।
डां गौतमले त्यस किसिमका कार्डमा प्रयोग भएका रसायनले मुटु तथा श्वासप्रश्वासमा समस्या निम्त्याउने भएकाले भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न र यस्ता कार्ड बनाउन नेपाल सरकारले कुनै स्वीकृति नदिएकोले जनस्वास्थ्यमाथि खेलवाड गर्नेलाई कानुनी कारबाहिको दायरामा ल्याई कारबाही अगाडि बढाउने जानकारी दिए ।