• मंगलबार, असोज १३ २०८३

सलह समात्‍नेलाई सरकारले प्रतिकेजी २० रुपैयाँ दिने


शनिबार, असार १३ २०७७
835
Shares

बुटवल । सलह कीरा समात्नेलाई प्रदेश नम्बर ५ सरकारले प्रतिकेजी २० रुपैया दिने घाेषणा गरेकाे छ । नेपालमा प्रवेश गरेसँगै प्रदेश सरकार ५ सरकारले यसको प्रकोप रोक्न तत्कालै कदम चालेको हाे।

रुपन्देहीलगायत प्रदेशका विभिन्न जिल्लामा सलह प्रवेश गरेपछि सरकारले एक केजी समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको हो।  

सलह रुपन्देही प्रवेश गरेपछि आकस्मिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठक बसेर तत्काललाई नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक केजी सलह जम्मा गरेवापत २० रुपैंयाको दरले दिइने निर्णय भएको बताइन्। 

बैठकमा कीरा नष्ट गर्नका लागि प्रोत्साहन गर्ने, यसको प्रभावित क्षेत्र हेरेर थप निर्णय गर्ने निर्णय भएको मन्त्री पौडेलले बताइन्। उनका अनुसार समातेको कीरा वडा कार्यालयमा लगेर प्रतिकिलो २० रुपैयाँ लिन सकिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार