• शनिबार, साउन ९ २०८३

कृषि विकास बैंकले माग्यो शाखा अधिकृतदेखि प्राविधिकसम्मका ११२ जना कर्मचारी (सूचनासहित)


शुक्रबार, फाल्गुन ११ २०८०
1.3K
Shares

कृषि विकास बैंकले एक सय १२ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै बैंकले शाखा अधिकृत, लेखापाल, प्राविधिकसहित ११२ जना रिक्त कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वार पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बैंकको सूचनामा उल्लेख छ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ।

ती पदका लागि योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् कृषि विकास बैंकको सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार