काठमाडौँ । राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) को अध्यक्षमा हरि देवकोटा चयन भएका छन् । आइतबार सम्पन्न संस्थाको १८ औं साधारणसभा तथा अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा शोभा न्यौपाने, सचिव चन्द्र प्रसाद थानी, सहसचिव बच्चु शाह कानु र कोषाध्यक्षमा सरस्वती परियार चयन भएको नाफानले जनाएको छ । त्यस्तै सदस्यहरुमा भोलानाथ पौडेल, यज्ञ बहादुर निरौला, नवराज पोखरेल, अमिका राजथला, सञ्जिता ठाकुर र विकल्प भट्टराई निर्विरोध भएका छन् ।
नाफानका अध्यक्ष तुलसा देवकोटाको अध्यक्षतामा अधिवेशन भएको थियो । संस्थाले प्राकृतिक स्रोतमाथीको जनअधिकार लागि बिभिन्न सरोकारवालाहरुसंगको सहकार्यमा अभियान, पैरवी सञ्चालन गर्ने, पछाडी परेका र पारिएका समुदाय तथा ब्यक्तिको हकअधिकार सुनिश्चितताका लागि जनवकालत गर्ने गर्दछ । संस्थाको कार्यालय ललितपुरको कुपण्डोलमा छ ।