काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो ।
गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।
घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।