मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजना पूर्वसचिवसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
अख्तियारले चार पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको आरोप अख्तियारले लगाएको छ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य एमव् अध्यागमनका वर्तमान महानिर्देशक तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
अख्तियारले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहने पूर्वसचिव उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
उनी मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको अख्तिायरले जनाएको छ।
अख्तियारले मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवम् तत्कालीन सचिवहरू शर्मा, उपाध्याय र गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैयाँ ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहित मागबी गरेको हो।
को-कोविरुद्ध चल्यो मुद्दा?



