• शनिबार, साउन ९ २०८३

कोरोना परीक्षणका लागि देशभर १० वटा प्रयोगशाला थपिँदै


शनिबार, असार १३ २०७७
1.2K
Shares

काठमाण्डाै । कोरोनाभाइरस परीक्षणका लागि सरकारले देशभर थप १० वटा पीसीआरसहितका प्रयोगशाला थप गर्ने भएको छ।

हाल सातवटै प्रदेशमा सञ्चालित २३ वटा पीसीआर परीक्षण प्रयोगशालाका अतिरिक्त १० वटा प्रयोगशाला थप गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोभिड–१९ परीक्षण दायरा फराकिलो बनाउँन थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गरेको छ।

थप गरिने प्रयोगशालाहरु मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा रहनेछन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार