• शनिबार, साउन ९ २०८३

गोरखामा कण्डम वितरण गरियाे


बुधबार, फाल्गुन २ २०८०
2.8K
Shares

गोरखा । अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा पारेर मंगलवार जिल्लाका युवायुवतीहरुलाई कण्डम वितरण गरिएको छ । एनएपीएन, आरम्भ नेपाल तथा एएचएफ नेपालको सहकार्यमा कण्डम वितरण भएको हो ।

हरमटारीचोकबाट एक हजारभन्दा बढी कण्डम वितरण गरिएको एएचएफ नेपालका रविन दानीले बताए । कण्डम वितरणसँगै यसको प्रयोग र फाइदाका बारेमा समेत जानकारी गराइएको उनले जानकारी दिए । दिवसकै अवसरमा गोरखा अस्पताललाई कण्डम बाकस समेत उपलब्ध गराइएको बताइएको छ ।

यता गोरखा अस्पतालमा एचआइभी एड्सबारे छलफल कार्यक्रम भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिद्धार्थ खनालको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर कुशलराज जोशीले सहजिकरण गरेका थिए ।

उनले एड्सको राष्ट्रिय तथ्याङ्क र अहिलेको अवस्था बारे जानकारी गराएका थिए । दानीका अनुसार एएचएफ संस्थाले नेपालको सातै वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार