• शनिबार, साउन ९ २०८३

गोरखामा फेरी देखियो समुदायमा कोरोना, हेर्नुस कुन पालिकामा कति ?


शुक्रबार, असार १२ २०७७
720
Shares

गोरखा । गोरखामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ गोरखाको भिमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकामा गरी थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु रवण न्यौपानेले सिभिलखबरलाई बताए ।

आज देखिएका मध्ये ३ जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । जुन कन्ट्र¥याक्ट ट्रेसिङ गर्दा स्थानीयमा कोरोना भेटिएको न्यौपानेले बताए । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेकाबाट संक्रमण सरेको बताइएको छ ।

भिमसेन थापा गाउँपालिकामा यसअघि समेत स्थानीय ३ जनामा संक्रमण देखिएको थियो । त्यस्तै पालुङटार नगरपालिकामा देखिएका २ जना भने क्वारेन्टिनमा बसेकाहरु रहेको उनको भनाई छ ।

यससंगै काेराेनाबाट स‌क्रमण हुनेकाे संख्या ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २० पुगेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार