काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जना नक्कली प्राध्यापक भएको पाइएकाे छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो ।
जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।
आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले बताए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् ।
४२ जनामध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेकाहरू १४ जनाको आजदेखि प्रस्तुतीकरण सुरू भएको छ ।