• शनिबार, साउन ९ २०८३

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवि उपकुलपति नियुक्तिका बारे छलफल हुने


सोमबार, माघ २९ २०८०
1.4K
Shares

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ । ​

संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।​

 

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ बजे उक्त बैठक बस्नेछ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई समेत बोलाइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार