• शुक्रबार, साउन ८ २०८३

किन बाेलायाे संसदीय समितिले शिक्षामन्त्री राईलाई ?


आइतबार, माघ २८ २०८०
1.4K
Shares

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए ।

उनका अनुसार उक्त बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार