• शनिबार, साउन ९ २०८३

ललितपुरकाे एक घरमा एकै परिवारका ३ जनाकाे मृत्यु, कारण के ?


आइतबार, माघ २८ २०८०
1K
Shares

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बच्चाको मृत्यु भएको छ ।

३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । छतबाट हामफालेर गम्भीर घाइते भएकी महर्जनलाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की बताए ।

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकाेमा बच्चाको ज्यान गएको हो ।
साढे पाँच बजे रविनाका ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन मृत्यु भएको छ ।

उनका अनुसार दुई बच्चाको मुख थुनेको अवस्थामा फेला परेका थिए । रविना सासु श्रीमान र दुई बच्चासँग बस्दै आएकी थिइन् ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार