• शनिबार, साउन ९ २०८३

आज ५ सय ९३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो


शुक्रबार, असार १२ २०७७
845
Shares

गोरखा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९३ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।

जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।

यस्तै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ६९८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार