• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका नाममा ठगी, ६ महिनामा ३५ सय उजुरी

उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाए


शुक्रबार, माघ २६ २०८०
1.8K
Shares

काठमाण्डाै । पछिल्लाे समय वैदेशिक राेजगारीका नाममा ठगी गर्ने ब्यक्ति र गिराेह सकृय छन् । यूराेपदेखि खाडी लगायत विभिन्न देशमा आकर्षक राेजगारीकाे प्रलाेभन देखाएर ठगी गर्नेकाे संख्या बढ्दै गएकाे देखिन्छ ।

वैदेशिक राेजगार विभागकाे तथ्यांकलाई हेर्दा  पछिल्लाे ६ महिनामा वैदेशिक रोजगारीका क्रममा ठगी भएकाे भन्दै करिब ३ हजार ५ सय उजुरी परेका छन् ।

साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको हो । यी उजुरीहरूमध्ये १ हजार ५६० उजुरीको सम्बोधन भएको विभागले जनाएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि ६९० उजुरी परेकोमा ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेकोमा १९१ मिलापत्र गराइएको पनि विभागले जनाएको छ । विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका भएकोमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९२३ उजुरी फर्छ्याेट भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार