• शनिबार, साउन ९ २०८३

नवराज पाण्डे गोरखा क्याम्पसकाे प्रमुखमा नियुक्त


बुधबार, माघ २४ २०८०
1.8K
Shares

गोरखा । गोरखा क्याम्पसकाे प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । जिल्लाकै सबैभन्दा जेठो समेत रहेकाे एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको प्रमुखमा पाण्डे नियुक्त भएका हुन्।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट भिमसेन थापा गाउँपालिका ७ बाेर्लाङ्ग घर भएका पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

२०६० सालमा नबजागृती चण्डि माबि अश्राङबाट एसएलसी दिएका पाण्डेले फिजिक्समा मास्टर्स डिग्री हासिल गरेका छन् । पाण्डेसंग यसअघि बिभिन्न विधालयदेखि क्याम्पसहरुमा समेत अध्यापन गराएकाे अनुभव छ ।

जसमा २ बर्ष रामेछाप जिल्लाकाे त्रिपुरेश्वर मा बि, काठमाडाैँकाे टोखा स्थित जालुपा मा बिमा  १ बर्ष, ओक्स्फोर्ड मा बि नयाबजारमा ३ बर्ष, पुरानो गुहेश्वरी मा बि तार्केश्वोरमा ३ बर्ष अध्यापन गराएका थिए । त्यस्तै महेन्द्र रत्न क्याम्पस तहाचलमा आंशिक शिक्षकका रुपमा समेत उनले ३ बर्ष पढाएका थिए ।

हाल त्रिभुवन विश्वविधालयका उपप्राध्यापक रहेका पाण्डेले २०७७ सालबाट गोरखा क्याम्पसमा अध्यापन गराइरहेका छन् । यसअघि रामशरण बाँनिया क्याम्पस प्रमुख रहदा सहायक प्रमुख बनेका उनले आज बुधबारबाट क्याम्पस प्रमुखकाे जिम्मेवारी पाएका छन् ।

प्रमुख जस्ताे महत्वपूर्ण पदमा नियुक्ती भएपछि पाण्डेले यसलाई कुशलतापूर्वक निर्वाह गर्न आफू प्रतिवद्ध रहेकाे बताए ।

‘याे मेराे जिवनकाे अहिलेसम्मकै महत्वपूर्ण अवसर र चुनाैती दुवै हाे । क्याम्पसकाे शैक्षिक, भाैतिकदेखि हरेक क्षेत्र र तहकाे विकास र वृद्धिमा मेराे भुमिका अहाेरात्र रहनेछ ।’ क्याम्पस प्रमुख पाण्डेले सिभिलखबरसंग भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार