गोरखा । कोरोना भाइरस र लकडाउनले शिक्षा क्षेत्रलाई प्रभावित बनाएको भन्दै गोरखा नगरपालिकाले भर्चुअल कक्षा सञ्चालनको योजना अघि सारेको छ ।
बुधबार छैटौ नगरसभामा आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजनराज पन्तले कोरोना महामारीको अवस्था रहिरहे श्रब्य दृष्य तथा भर्चुअल कक्षा मार्फत शैक्षिक गतिविधीलाई अघि बढाउने योजना रहेको सुनाए ।
त्यस्तै गोरखा नगरपालिकाले कोभिड १९ ले पु¥याएको क्षतीलाई न्युनिकरण गर्न रेडियो, टिभीबाट समेत बिभिन्न कार्यक्रमहरु प्रशारण गरी शिक्षण सिकाई थाल्ने नीति लिएको नगरप्रमुख पन्तले बताए ।
त्यस्तै विपदसंग जुध्ने खालको स्थानीय पाठ्यक्रम विकास गरी लागु गर्ने समेत योजना नगरपालिकाले अघि बढाएको छ ।
त्यस्तै विद्यार्थी तथा शिक्षकहरुको क्षमता अनुकुल आइसिटी प्रयोगलाई जोड दिदै विद्यालयलाई प्रविधीमैत्री बनाउने नगरपालिकाको कार्यक्रममा उल्लेख छ ।