• शनिबार, साउन ९ २०८३

गोरखाकाे धार्चे गाउँपालिकाद्धारा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन


बुधबार, माघ २४ २०८०
1.4K
Shares

गोरखा । धार्चे गाउँपालिकाले निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार माघ २१ गतेदेखि कक्षा सञ्चालन भएको हो । गाँउपालिकामा कार्यरत कर्मचारी र स्थानीयका लागि एकहप्ते निशुल्क कक्षा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

‘गाउँपालिकाबासी लोक सेवाप्रति आर्कषित देखिएन, गाँउपालिकामा सेवा गर्न तथा जागिर खान बाहिरको कर्मचारी धेरै आएको देखियो’ उनले भने, ‘यहाँका योग्यता भएकाहरुलाई लोक सेवाको भोक जगाउन हामीले कक्षा सञ्चालन गरेका हौं ।’ एकहप्ते लोक सेवा तयारी कक्षा अन्तरगत नै २४ र २५ गते शिक्षक सेवा कक्षा पनि सञ्चालन गरिने उनले जानकारी दिए ।

तयारी कक्षामा चार सत्रमा ६ घण्टा पढाइ हुने गरेको छ । सो कक्षा सञ्चालन गर्नका लागि गाउँपालिकाले आन्तरिक बजेटको स्रोतको २ लाख विनियोजन गरिएको प्रमुख प्रसाशकीय अधिकृत सुनारले जानकारी दिए । कक्षामा सहभागीले रुचि देखाएमा आगामि वर्षमा पनि यस्ता कक्षाहरुलाई विस्तृत रुपमा निरन्तरता दिने उनले बताए ।

तयारी कक्षामा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ । २९ जना सहभागिहरुमा २० जना महिला र बाँकी पुरुष सहभागी छन् । सहभागीहरुलाई अध्ययन सामग्री पनि निशुल्क वितरण गरिने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार