• शुक्रबार, साउन ८ २०८३

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त


मंगलबार, माघ २३ २०८०
1.8K
Shares

काठमाडौं– संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पाण्डेयले तीन पटक फरक फरक नम्बरको नागरिकता लिएको र दुई वटा राहदानी बनाएको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन चलिरहेको थियो । तर छानबिन पुरा नहुँदै आश्चर्यजनक ढंगले नियुक्ति दिलाइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार