गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले ५५ करोड १४ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७७/७८ का लागि गाउँपालिका अध्यक्ष विष्णु भट्टले बुधबार नीति तथा कार्यक्रमसंगै सो रकम बराबरको बजेट गाउँसभामा पेश गरेका हुन ।
अध्यक्ष भट्टका अनुसार चालु खर्च तर्फ ५ करोड १७ लाख, शिक्षा तर्फ एक करोड १५ लाख, सडक पुलमा एक करोड ६८ लाख, वडागत खर्च ३ करोड ७६ लाख २० हजार, गाउँपालिका स्तरका योजनामा दश करोड ६० लाख, स्वास्थ्य तर्फ ५६ लाख, कृषि तर्फ ५६ लाख, परामर्श खर्चमा ७० लाख, यसबाहेक अन्य खरिद तथा कार्यक्रमका लागि दुई करोड ४६ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
यस्तै, प्रदेशका समपुरक योजनाका लागि एक करोड ५० लाख, संघका समपुरक योजनाका लागि २ करोड, संघको विशेष अनुदान योजनाका लागि एक करोड रुपैयाँ खर्च हुने प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
संघीय सरकारको शशर्त अनुदानबाट आगामी वर्ष २२ करोड ९३ लाख रुपैयाँ बराबरका योजना सञ्चालन हुने उनले बताए । गाउँसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक र बाल अधिकार ब्यबस्थीत गर्ने विधेयक सुझाव सहित पारित गरेको छ ।

