• शुक्रबार, साउन ८ २०८३

व्यवसायी अरुण चौधरीसहितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति


सोमबार, माघ २२ २०८०
1.5K
Shares

बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।

चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकै चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अहिले बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ ।

गत शुक्रबार पक्राउ परेका उनीहरूलाई त्यही दिन सीआईबीले अदालतमा उपस्थित गराएर ४ दिनको म्याद लिएको थियो।

सीआईबीले उनीहरूविरूद्ध लिखत किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्दैछ। अहिले तीनैजनासँग सीआईबीले बयान लिइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार