• सोमबार, साउन ११ २०८३

पालुङटारले ल्यायो आगामी बर्षका लागि साडे ८० करोडको बजेट


बिहिबार, असार ११ २०७७
1.3K
Shares

गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।

बुधबार नगरसभा बैठकमा पालुङ्टारले नीति तथा कार्यक्रम संगै बजेट समेत पेश गरेकाे हाे ।

जसअन्तरगत वित्तिय समानिकरण अनुदान १७ करोड ९३ लाख, शसर्त अनुदान चालु तर्फ २९ करोड ३८ लाख, समपुरक अनुदान तर्फ २ करोड ४० लाख र राजस्व बाँडफाँडको ९ करोड ३८ लाख ५८ हजार ४८० गरी कुल ५९ करोड ५८ लाख ४८० रुपैयाँ संघिय सरकारबाट अनुदान स्वरुप प्राप्त भएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।

प्रदेश सरकारको तर्फवाट प्राप्त समानीकरण अनुदान १ करोड २६ लाख ५४ हजार, राजस्व बाँडफाँड ५७ लाख ७२ हजार, सशर्त अनुदान तर्फ ५० लाख र जनसहभागिता १ करोड गरी कुल ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपियाँ प्राप्त हुने लक्ष्य निर्धारण गरिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार