• शुक्रबार, साउन ८ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जना दौडमा, काे काे छन् प्रतिस्पर्धी ?

अध्यक्ष बन्न दलका नेता र मन्त्रीहरुसँग लबिइङ सुरु


सोमबार, माघ २२ २०८०
1.3K
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका २५ जनाले आवेदन दिएका हुन् ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।

जसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भुपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएकाे पाइएकाे हाे ।

यस्तै आवेदन दिनेमा अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डित रहेका छन् ।

यस्तै दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्राधिरकण अध्यक्ष बन्न आवेदन दिएकाहरुले आफू नियुक्त हुन विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुसँग लबिइङ सुरु गरिसकेका छन् । सचिव  सुवेदीको नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेर मन्त्रिपिरषदमा नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यसैअनुसार मन्त्रिरपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार