पाेखरा । काेराेना भाइरसका कारण गण्डकी प्रदेशमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जाकाे सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११:३५ मा निधन भएकाे हाे ।
असार ८ गते अस्पतालमा भर्ना भएका उनी काेभिड १९, सेभेरा, निमाेनिया र डायबेटिजबाट ग्रस्त रहेकाे अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जनाएका छन् ।
यसअघि काेराेनाबाट स्याङ्जाकाे वालिङका ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ ।
त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ |
प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा बिहीबार बिहान ४ जिल्लामा ११ जना संक्रमित थपिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा काेराेना पुष्टि भएकाे हाे ।