• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा: नक्कली भिसा देखाएर ६ सय जनाभन्दाबाट रकम असुली


शुक्रबार, माघ १९ २०८०
1.4K
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपलगायत विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको कन्जोसोम गाउँपालिका–४का विकास वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ। पक्राउ परेका उनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

उनलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्यान्ड, क्यानडा र क्रोएसियालगायतका देशहरूमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रूपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरूलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैंले हस्ताक्षर गरी बैंक तथा वित्तीय संस्थामार्फत् आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

उनका अनुसार लामाले छ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि पाँच लाखसम्म रकम लिएको देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार