काठमाडाैँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको –१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।
मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले बताए । घाइतेलाई उपचारर्थ उद्धार गरेर तत्कालै प्राथामिक स्वास्थ्य केन्द्र हेलम्बु पठाइएकाे उनले बताए ।
घाइते अधिकाशंको टाउको र हातपाउमा चोट लागेको बताइएकाे छ ।