• शनिबार, साउन ९ २०८३

लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु


मंगलबार, माघ १६ २०८०
1.4K
Shares

कास्कीको पोखरामा बन्दै गरेको घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो पोखरा महानगरपालिका ६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधीन घरको ५ औं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका ८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो।

मंगलबार दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्राईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।

उनलाई साढे २ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

इन्जिनियर भट्टराई पोखरा महानगरपालिका ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार