• शनिबार, साउन ९ २०८३

गोरखाको लक्ष्मीबजार नजिकै पहिरो, टिपर र मोटरसाइकल पुरिए (भिडिओ सहित)


बुधबार, असार १० २०७७
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका ९ लक्ष्मी बजार नजिकै बुधबार दिउँसो सुख्खा पहिरो गएको छ ।

लक्ष्मीबजारबाट ताक्लुङ सडकखण्ड अन्तरगत शिखरडाँडाँमा दिउँसो साढे २ बजे पहिरो जादा एक टिपर र एक मोटरसाइकल पुरिएका छन् ।

शिखरडाडाँडाँ- लुदीखोला सडकखण्ड निर्माण भइरहेकाले केहि बेर सडकमा पार्किङमा बस्दा बस्दा माथीबाट पहिरो खसेको पुरिएको मोटरसाइकलका धनी सुमन रेग्मीले सिभिलखबरलाई जानकारी दिए ।

मोटरसाइकलमै बसिरहेका उनी पहिरो आएको देखेपछि भागेर ज्यान जोगाएको बताएका छन् । त्यस्तै टिपर चालक र सहचालक समेत भाग्न सफल भएका छन् ।

पहिरोले टिपर र मोटरसाइकल भने पुरिएर क्षती पुगेको उनको भनाई छ ।

भिडिओ हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार