• शनिबार, साउन ९ २०८३

ललितपुरको मंगलबजारमा विदेशी महिला मृत भेटिइन्


सोमबार, माघ १५ २०८०
1.2K
Shares

ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।

आज (सोमबार) बिहान मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। ‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ एसपी कार्कीले भने।

उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाकाे  विस्तृत  विवरण आउँन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार